निर्वाचन आयोगले चुनावी प्रक्रिया अगाडि बढायो, २८ प्रकारका सामाग्री खरिदका लागि बोलपत्र आह्वान

काठमाण्डु – निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढाएको छ । आयोगले मंगलबार निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै चुनावी प्रक्रिया अगाडि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले आवश्यक बजेटको व्यवस्था गरेर निर्वाचनकाे तयारीमा जुटेकाे जानकारी दिए । उनले तोकिएको मितिमा निर्वाचन गर्न…