काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेता मृत भेटिएका छन् । काभ्रेको नाला घर भएका नेकपाका नेता हरिदेव गिरी काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत फेला परेका हुन् । मंगलबार राति गम्भीर अवस्थामा भेटिएका गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको थियो । गिरीको शंकास्पद मृत्यु भएको महानगरीय प्रहरी वृत्त…