कोरोना भाइरस सङ्क्रमणः नेपालमा आत्तिनुपर्ने अवस्था छैन, बिरामीमा देखिन्छन् यस्ता लक्षण

नारायण ढुङ्गाना काठमाडौं – चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ…