काठमाण्डु- नेपाल आयल निगमले करिब ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी भाग, गुह्येश्वरी क्षेत्रमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। हालको सिनामंगलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नपरेको, विमानस्थल क्षेत्रमा सुरक्षा जोखिम बढेको, र भण्डारण क्षमता विस्तार गर्न नसकिने देखिएपछि निगमले नयाँ डिपो निर्माणको योजना अघि बढाएको हो। यस परियोजनासम्बन्धी विस्तृत…