काठमाण्डु – स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाण्डु जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले बताए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको…