काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताए । ‘यो क्षेत्रको आर्थिक…