काठमाण्डु – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका छन्…