नयाँ नक्सामा कालापानी भारतभित्र, नेपालको एक्सन के हुन्छ ?

काठमाडौँ—नेपाली भूमि कालापानीलाई भारतले नयाँ नक्सामा आफ्नो मुलुकभित्र समावेश गरेपछि तरंग फैलिएको छ । यसअघि यही कालापानीलाई चीन–भारतले लेनदेनको विषय बनाएपछि काठमाडौँ रुष्ट रहेको अवस्थामा भारतले नक्सामा नै आफ्नो मुलुकमा राखेको हो। भारतीय गृह मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको भारतको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो देशभित्र राखेको हो। यद्यपि नापी विभाग यो विषय…