सेनाले भन्यो-संविधान बमोजिम चल्छौँ, सत्तामाथि हस्तक्षेप गरेको छैन

काठमाण्डु - नेपाली सेनाले भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको स्पष्ट पारेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत सेनाले स्पष्ट पारेको छ । सरकारी समाचार संस्था…