लिपुलेकमा भारत–चीनको अतिक्रमणविरुद्ध नेपाल सरकारले पठायो कूटनीतिक नोट

काठमाण्डु – नेपालको सार्वभौमिकतामाथि अतिक्रमण हुने गरी लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपाल सरकारले विरोध जनाउँदै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले आईतबार दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोट पठाउँदै नेपालको सहमतिबिना नेपाली भूमि प्रयोग नगर्न भनेको छ । कूटनीतिक नोट पठाउनुअघि सरकारले सबै प्रमुख पार्टीसँग छलफल गरेर सहमति…