एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका १ लाख युवालाई सडकमा ल्याउने

काठमाण्डु – नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाण्डुमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवासंघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । उनले लोकतन्त्रलाई उत्सवको रूपमा मनाउन युवाहरू अघि बढ्नुपर्छ…