बाल्यकालको इच्छाले बनायो चित्रकार, स्केचमा ‘भविष्य’ खोज्दै निरज

यशोदा भुजेल/काठमाण्डु – हामीले सानो छँदा पेन्सिल खेलाएर विभिन्न चित्रहरु कोर्ने गर्दथ्यौं । त्यो बेला कोरेका चित्रहरु विग्रँदा पनि रमाइलो लाग्ने गर्दथ्यो । त्यही बालापनको सिकाई कसैको पेशा हुन्छ भन्ने सोच धेरै कम मानिसमा हुन्छ । तर यसको उदाहरण बनेका छन् चित्रकार निरज कुँईकेल । झापा जिल्लामा जन्मिएका निरज सानैदेखि चित्र कोर्नमा मन पराउँथे ।…