काठमाडौं–सरकारले २३ जना उपसचिवको सरुवा गरेको छ। सोमबार भएको उपसचिव सरुवाको क्रममा दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । गृह मन्त्रालयका अनुसार संखुवासभामा जीवनप्रसाद दुलाल, रामेछापमा लिलाकुमारी केसी पाण्डे, रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगाप्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजाललाई सिडिओको रुपमा सरुवा गरेको…