काठमाण्डु - नेपाली कांग्रेसले १८ जनामाथि अनुशासनको कारबाही गरेपछि ४ जना केन्द्रीय सदस्यले विरोध जनाएका छन्। कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली स्नेही र अजय बाबु शिवाकोटीले संयुक्त विज्ञप्ती जारी गरेर नेता कार्यकर्तामाथि भएको अनुशासन कारबाहीको निर्णयमाथि प्रश्न उठाएका हुन्। उनीहरूले यसले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिएका छन्। ‘पार्टीको महासमिति र…