काठमाण्डु- भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ । विमानको इन्जिन ‘कट–अफ’ हुनुको अर्थ इन्जिनमा इन्धनको आपूर्ति लगभग तत्कालै बन्द गर्नु हो। सामान्यतया यो प्रक्रिया विमान गन्तव्यमा पुगेपछि इन्जिनहरू बन्द गर्दा प्रयोग गरिन्छ। आपत्कालीन अवस्थामा पनि यस्तो हुन सक्छ,…