जनकपुरधाम– प्रदेश २ मा उद्योग स्थापना हुने नयाँ उद्योगलाई २० वर्षसम्म कर नलाग्ने भएको छ। मन्त्रिपरिषद बैठकको सोमबारको बैठकले प्रदेशभित्र स्थापना हुने उद्योगसँग २० वर्षसम्म कर नलिने र उद्योग स्थापनाका लागि प्रदेश सरकारले नै जग्गासमेत उपलब्ध गराउने निर्णय गरेको हो। उद्योग सञ्चालनका लागि इच्छुक उद्योगीलाई प्रदेश सरकारले कुनै शुल्क नलिई लिजमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्…