काठमाडौं– अन्तर प्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले तीन प्रकारका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने बताएका छन् । ‘सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्दछ । अहिले हामीले अवलम्बन गरेको प्रणालीले सबैलाई अवसर…