राजकीय सम्मानबिनै पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको अन्तिम संस्कार

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले सोही अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई ४ हजार तिरिएको बताइएको छ ।…