सोल - उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो…