काठमाडाैंका हुन्डी अखडामा प्रहरीको छापा, ५३ लाख रुपैयाँसहित पाँच व्यवसायी हिरासतमा

काठमाडौं–महानगरीय अपराध महाशाखाले राजधानीको न्यूरोड र कुलेश्वरमा रहेका हुन्डी कारोबार अखडामा छापा हानेको छ। महाशाखाले सोमबार छापा हानेर ५ जना व्यवसायीलाई पक्राउ गरेको छ। साथै, प्रहरीले उनीहरुको साथबाट ५३ लाख रुपैयाँ र चेकबुकहरु बरामद गरेको छ। भारतीय व्यापारी विजय गुप्ताको साथबाट ३४ लाख ६८ हजार, रिभरसिटी सहकारीका कर्मचारी दीपक श्रेष्ठको साथबाट ९ लाख ९० हजार…