काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जा मन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित उर्जामन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो । मन्त्री पुनले गत बैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक…