बिबिसी- स्वास्थ्य अनुसन्धानकर्ताहरूले भनेका छन्, एचआईभी संक्रमणबाट जोगाउने खोपको लामो समययताको पर्खाइलाई एउटा नयाँ परीक्षणले साकार बनाउने बलियो सम्भावना देखिएको छ। उनीहरूका अनुसार नयाँ खोपले स्वस्थ वयस्कमा प्रतिरोधी क्षमता देखाएको र सुरक्षित परिणाम दिएको छ। हार्वर्ड मेडिकल स्कूलको टोलीले गरेको उक्त अध्ययनका क्रममा सो खोपको परीक्षण पूर्वी अफ्रिका, दक्षिण अफ्रिका, थाइल्याण्ड र संयुक्त राज्य अमेरिकाका…