म्याग्दी - जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउंपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउंसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउंपालिका–७ घराम्दीदेखि बेनी आउंदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि –इनद्रबहादुर)…