चितवन : अवैध रुपमा विद्यार्थीसँग लिएको शुल्क फिर्ता नगरेको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र…