नेपाल जस्तो अविकसित देशको आवाज ‘जी-२० फोरम’मा सम्बोधन हुनु महत्वपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौं –परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निष्पक्ष, पारदर्शी र न्यायमा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि अन्तर्रा्ष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । साताव्यापी चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री ज्ञवालीले चीनको डालिनमा आयोजित विश्व आर्थिक मञ्चको १३औं वार्षिक सम्मेलनको अनौपचारिक ‘जमघट’ सत्रलाई सम्बोधन गर्दै ज्ञवालीले सबै राष्ट्रबीच उपकरण, स्रोतसधान र अवसरको समान वितरण आवश्यक भएको बताएका हुन् ।…