काठमाडौं – बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन् । उनले सर्वाेच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न लागेको परिवारिक स्रोतले जनाएको छ । संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता…