काठमाडौं महानगरकी उपमेयरलाई हृदयघात, नर्भिक अस्पताल भर्ना

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ । शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बतायाे । उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यबारे अनुसन्धान भइरहेका अस्पतालले जनाएको छ ।