एयरपोर्टमा दुई माइक्रो बस एकापसमा ठोक्कियो, सैनिक जवानको अवस्था गम्भिर

काठमाडौं – कोटेश्वर–गौशाला सडक खण्डमा आज (मंगलबार) बिहान दुई माइक्रो बस एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइते सबैको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहले जानकारी दिए । घाइतेमध्ये नारायण दल गणमा कार्यरत नेपाली सेनाका अमलदार ३५ वर्षीय भरत खत्री गम्भीर घाइते छन् ।…