लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

कञ्चनपुर- एक दशकदेखि सञ्चालन हुदैं आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ ।…