काठमाडौं— सर्वोच्च अदालतले पटकपटक ताकेता गर्दा पनि भ्रष्टाचारसम्बन्धी निर्णयको नपठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै कारबाहीको चेतावनीसहित आदेश जारी गरेको छ। भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले भ्रष्टाचार मुद्दाको फाइल १५ दिनभित्र उपलब्ध गराउन आदेश दिँदै उपलब्ध नगराए कारबाही हुने चेतावनी दिएको हो। बिहिबार न्यायधीशद्वय…