फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना तत्काल भत्काउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले पोखरामा रहेको फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचना तत्काल भत्काउन आदेश दिएको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले संरचना भत्काउन सरकारका नाममा आदेश दिएको हो। अधिवक्ता खगेन्द्र सुवेदीले जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भन्दै रिट दायर गरेका थिए। २०६९ सालमा फेवाताल अतिक्रमण भएको जग्गा छानबिन गर्न…