बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्नेलाई कडा कार्बाही गर्न सांसदहरुको माग

गोविन्द रोस्यारा, धनगढी –कैलालीको घोडाघोडी नगरपालीका ५ देउकलीकी २० बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाको छानबिन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाको अनुसन्धान सुरु भएको बताए । बोहोराले घटनामा संलग्न भोले वाबा भन्ने सोही गाउँका राम बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा…