काठमाडौं– पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली प्रहार गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ग्रेस्कालाई प्रहरी पक्राउ गर्ने क्रममा उनले आफैंलाई गोली प्रहार गरेका हुन्। अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा अस्पताल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको समाचारहरूमा जनाइएको छ। उनलाई ब्राजिलियन निर्माण कम्पनीसँग घूस लिएको आरोप लगेको थियो।…