पोखरा - नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहद्वारा पोखरामा राखिएको बमलाई डिस्पोज गर्नेक्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सो बमबाट कालीभञ्ज्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रे हातको हत्केलामा चोट लागेको छ । उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी…