जन्मसिद्धलाई वंशजको नागरिकता तत्काललाई रोक्न सर्वाेच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतले नागरिकता सम्बन्धी गृहमन्त्रालयको पछिल्लो सर्कुलर तत्काल कार्यान्यन नगर्न/नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। गृह मन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेर ‘जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा…