काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अजेयराज सुमार्गीको आर्थिक कारोबारका सम्बन्धमा मंगलबारबाट विस्तृत अनुसन्धान प्रक्रिया थालेको छ । उनले विदेशबाट ल्याएको र ल्याउन लागेको रकमको स्रोत नखुलेकाले प्रारम्भिक अध्ययनबाट ‘अवैध’ भन्ने निष्कर्ष निस्किएपश्चात् दोस्रो चरणको अनुसन्धान थालिएको हो । सुमार्गी प्रकरणको विस्तृत अनुसन्धान गर्न शुद्धीकरण विभागले सरकारी वकिल, कानुन, कर, प्रशासन र प्रहरीका पाँच अधिकारीलाई…