महोत्तरीमा खानेपानीको हाहाकार, स्थानीयहरु चिन्तित

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो । चुरे पहाडी शृङ्खलाका खोल्सीबाट पाइप ओछ्याएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि बर्दिवास–५ गणन्ता बस्तीमा खानेपानीको सङ्कट…