काठमाडौं- निर्वाचन आयोगले प्रदेश सभामा दलहरूले जितेको सिट संख्या टुंग्याएलगत्तै मुख्यमन्त्रीका दाबेदार नेताहरूले आन्तरिक ‘लबिङ’ सुरु गरेका छन् । सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेकमा वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि ती दलबाट मुख्यमन्त्रीका आकांक्षीले ‘लबिङ’ तीव्र बनाएका हुन् । सरकारले निर्धारण गरेको वरीयतामा केन्द्र सरकारको उपप्रधानमन्त्रीसरहको मर्यादा रहने मुख्यमन्त्री प्रदेश सरकार प्रमुख हुनेछ । …