काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आह्वान गरेकी छन्। पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान भइरहेको छ। राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी छन्। …