काठमाडौं– नेपाल प्रहरीका पुर्व डिआईजी नवराज सिलवालले ललितपुरवाट चुनाव लड्ने टुंगो लागेको छ। सिलवाललाई नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर १ वाट उम्मेदवार बनाएको हो। एमाले स्थायी समितीको आएतबार बसेको बैठकले सिलवाललाई ललितपुरबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। सिलवाललाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा नेपाल प्रहरीको महानिरीक्षक हुनबाट रोकिएको थियो।…