झापा–सरकारले बालकको रहस्यमय मृत्युको विषयमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका नरेश थापाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको शंकास्पद मृत्यु भएको घटनाको छानबिनको माग गर्दै शुक्रबार स्थानीयले प्रदर्शन गरेका थिए।…