अनशन तोडे डा. केसीले, चिकित्सा विधेयक अध्यादेशबाट ल्याइने

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले १४ दिनदेखिको अनशन तोडेका छन्।     सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउनेसहित १० बँदे प्रतिबद्धता जनाएपछि डा. केसीले बुधबार अनशन तोडेका हुन्।   केसीले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट जुस पिएर अनशन तोडे।     सरकारी वार्ताका टोलीका सदस्य…