महिला ह्याण्ड बलको उपाधि एपीएफलाई

पोखरा – गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जीत निकाल्दै उपाधि चुमेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात यो नै ह्याण्ड बलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।…