चितवन - प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा मंगलबार बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्टी गरिएको छ । यसअघि उनको पार्थीव…