क्रिसमसडेको अवसरमा उपराष्ट्रपति पुनद्धारा शुभकामना

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको चर्चा गर्दै…