भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस र माओवादी सहमत

काठमाण्डु- भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग २ बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँग उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको छ । गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले नेपाली कांग्रेससँग ‘गोप्य’ छलफल गरेर समिति बनाउन तयार भएका हुन् । कांग्रेस…