काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम साहले नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेशहरू ल्याइएको बताएका छन्। साहले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन अध्यादेशहरू ल्याइएको बताएका हुन्। सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन सरकारले महत्वपूर्ण कदम चालेको उनले बताए । उनले भने…