आयात गरिने सामानकाे एमआरपीमा भन्सारको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

काठमाण्डु– भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ । विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको हो । यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ चैत ३० गते सूचना…