काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजदेखि बस्दैछ । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो बस्ने छ । बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । बिहीबारसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार…