सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

काठमाण्डु - राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ । यस्तै वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ। सुरुङमार्गको ब्रेक थ्रू भएपछि कामले गति लिएको हो। अहिले इन्भर्ट र लाइनिङको काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन्। उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९०…